केही वर्षअघि सम्पन्न 'मिस कलेज' मा मिस ट्यालेन्टको उपाधि जितेर ग्ल्यामर क्षेत्रमा आएकी वर्षा शिवाकोटीले विकास आचार्यको चलचित्र 'नाइँ नभन्नु ल-२' मा छोटो-मीठो भूमिकामार्फत डेब्यु गर्दै दर्शकका मन जितिन्। उक्त चलचित्रको व्यावसायिक सफलतासँगै वर्षालाई यतिबेला चलचित्र र म्युजिक भिडियोमा काम गर्ने प्रस्तावको ओइरो लागेको छ। एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी वर्षा यतिबेला दोस्रो चलचित्रमा अनुबन्ध भैसकेकी छिन्। बीबीएकी छात्रा वर्षालाई विभिन्न व्यापारिक घरानाले ब्रान्ड एम्बेसडरसमेत बनाइरहेका छन्। गत शनिबार गायक राज सागरको नयाँ गीत 'छौ कहाँ' को प्रिमियरमा भेटिएकी वर्षा भन्दै थिइन्— 'एकै पटक थुप्रै चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गर्ने प्रस्ताव आउँदा नर्भस भैरहेकी छु, प्रस्ताव धेरै आए पनि चित्तबुझ्दो प्रोजेक्टमा मात्र हात हाल्नेछु।'
तेरीयाको स्वागतमा उर्लिए रुपन्देहीबासी भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस